केचना। कचनकवल गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने स्वास्थ चौकी केचनाको कम्पाउन्ड भित्र रहेको घारी नष्ट गरिएको छ।
स्वास्थ्य चौकी भित्र दिनप्रतिदिन झार बढेर स्वास्थ चौकीलाई कुरुप बनाउँदै गएपछि आज स्वास्थ चौकीको कोषबाट विषादी खरिद गरेर चौकीमा कार्यरत सामुदायिक चिकित्सा सहायक घनश्याम यादव र स्वास्थ चौकी प्रमुख धिरेन कुमार राजवंशीले ट्याङ्कीले विषादी छर्किएर झार नस्ट तथा स्वास्थ चौकी सरसफाइ गरेको प्रमुख धिरेन कुमार राजवंशीले जानकारी दिनुभयो।