स्व. लालध्वज लिम्बु स्मृति दिवसमा विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता, २२० विद्यार्थीलाई न्यानो कपडा वितरण

कचनकवल – स्व. लालध्वज लिम्बु ‘केदेम’को तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा सेमाङ्ली क्याफे विर्तामोडको मुख्य प्रायोजन तथा बगान युथ क्लब कचनकवलको आयोजनामा गाउँपालिका सामुदायिक विद्यालय स्तरीय अन्तर–मावि हाजिरजवाफ प्रतियोगिता तथा न्यानो कपडा वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। कचनकवल–३ पथरिया माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

पहिलो चरणअन्तर्गत सञ्चालन गरिएको हाजिरजवाफ प्रतियोगितामा लक्ष्मी प्रसाद देवकोटा मावि प्रथम स्थान हासिल गर्न सफल भयो भने पथरिया मावि दोस्रो र बुद्ध मावि तेस्रो बने। विजेता तथा उत्कृष्ट सहभागी टोलीलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। प्रथम पुरस्कार अन्तर्गत ट्रफी, प्रमाणपत्रसहित रु. १२,०००, दोस्रो पुरस्कारमा ट्रफी तथा सम्मानपत्रसहित रु. ६,००० र तेस्रो पुरस्कारमा प्रमाणपत्रसहित रु. ३,००० वितरण गरिएको थियो। अन्य सहभागी टोलीलाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

EPIC EPIC EPIC

स्मृति दिवसको दोस्रो चरणमा न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरिएको थियो। सो कार्यक्रममा सरस्वती आधारभूत विद्यालय कचनकवल–३ का ३५, जनकी मावि कचनकवल–७ का ३५, पथरिया मावि कचनकवल–३ का ४४ र आदर्श प्रावि कचनकवल–३ का १०६ गरी कुल २२० विद्यार्थी लाभान्वित भएका छन्। आयोजक क्याफेका प्रबन्धक विश्वास अधिकारीका अनुसार कार्यक्रमले स्थानीय विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि, आत्मविश्वास विकास, प्रतिस्पर्धात्मक भावना जागरण तथा समुदायप्रति सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्य पूरा गरेको छ। उनका अनुसार समुदायका युवालाई नेतृत्व, सेवा भावना र सकारात्मक गतिविधिमा संलग्न गराउने अभियान आगामी वर्षहरूमा अझ व्यापक रुपमा विस्तार गरिनेछ।

स्व. लालध्वज ‘केदेम’ लिम्बु कचनकवल क्षेत्रका सक्रिय सामाजिक अभियन्ता तथा पथरिया माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष थिए। शिक्षा, सामुदायिक विकास र सहयोगी स्वभावका कारण उनी स्थानीय समाजमा विशेष सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए। विपन्न विद्यार्थीको सहयोग, विद्यालय पूर्वाधार विकास, खेलकुद तथा सामाजिक कार्यक्रम प्रवर्द्धनमा उनी सदैव सक्रिय रहँदै आएका थिए। उनीप्रति सम्मानस्वरूप केदेम परिवारले प्रत्येक वर्ष शैक्षिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले उनका आदर्श र योगदानलाई निरन्तरता दिएको छ।

कार्यक्रममा प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, वडा नं १ का वडाध्यक्ष महावीर लिम्बू, वडा नं. २ का वडाध्यक्ष लेखनाथ खत्री, वडा नं ६ का वडाध्यक्ष चिन्तामणी खरेलसहित विभिन्न विद्यालयका व्यवस्थापन समिति पदाधिकारी, प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका उपस्थित थिए। कार्यक्रमको अन्त्यमा अतिथिलाई मायाको चिनो प्रदान गर्दै युथ क्लबका अध्यक्ष पिताम्बर लिम्बूले कार्यक्रम समापन गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *