स्व.लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप : राजगढ फुटबल क्लब फाइनलमा

बुद्धशान्ति । राजगढ फुटबल क्लब झापाको बुद्धशान्तिमा जारी एन्फा रेफ्री स्व। लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

आज बुधबार भएको पहिलो सेमीफाइनल खेलमा शिवसताक्षी स्पोर्टिङ क्लबलाई ४र१ गोलअन्तरले पराजित गर्दै राजगढ फुटबल क्लब फाईनलमा प्रवेस गरेको छ र जित सँगै कम्तीमा ४०००० सुरक्षीत गरेको हो । राजगढका जितका लागी खेलको ३० मिनेटमा सन्जय लिम्बु ३३ औ मिनेटमा स्याम मुर्मु ६१ औ मिनेटमा दिपेस श्रेष्ठ र ७२ औ मिनेटमा हिमाल गुरूङले गोल गरे १र१ गोल गरे । शिवसताक्षी स्पोर्टिङ क्लबका लागी खेलको ७९ औ मिनेटमा दिपेन शेर्माले १ गोल गर्दै टिमलाई सान्तवना गोल गरे ।

EPIC EPIC EPIC EPIC EPIC

खेलको म्यान अफ दि म्याच राजगढ फुटबल क्लब राजगढका श्याम मुर्मु घोषित हुँदा नगद रु। १५०० रुपैयाँ प्राप्त गरका छन्। आदर्श युवा क्लबका पूर्व अध्यक्ष तथा कोशी प्रदेश फुटबल रेफ्रिसंघका सदस्य समेत रहेका ढुंगानाको गत बर्ष निधन भएको थियो । उनले बुद्धशान्ति तथा खेलकुद क्षेत्रलाई पूर्याएको योगदान अतुलनिय रहेको भन्दै उनको सम्झनामा क्लबले फुटबल प्रतियोगिता गरिएको हो ।

प्रतियोगिताको बिहिबार हुने दोस्रो सेमिफाईनल न्यु स्टार क्लब बिर्तामोड र ध्रुवतारा स्पोर्टिङ क्ल्ब दमक बीच हुने छ । प्रतियोगिताको विजेताले नगद ७० हजार, उपविजेताले ४० हजार, ट्रफी र मेडल पाउने छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *