हङकङमा जारी चतुर्भुजात्मक ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालले कतारविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपालले आजको खेलका लागि युवा र अनुभवी खेलाडीको संयोजनमा टोली उतारेको छ।
मंग ककस्थित मिशन रोड ग्राउन्डमा भइरहेको खेलमा कतारले ६ ओभरमा ३४रन जोड्दै २ विकेट गुमाएको छ।
नेपालको प्लेइङ XI: कुशल भुर्तेल, आरिफ शेख †, रोहित पौडेल (कप्तान), बशिर अहमद, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी।
नेपालका तेज बलरहरुले सुरुवाती ओभरहरूमा किफायती बलिङ गर्दै विकेट पनि लिन सफल भए।
- करण केसीले २ ओभरमा १५ रन खर्चिएर १ विकेट लिएका छन्।
- सोमपाल कामीले निकै प्रभावशाली प्रदर्शन गर्दै २ ओभरमा मात्र ५ रन दिँदै १ विकेट हात पारे।
- नन्दन यादवले १ ओभरमा १३ रन खर्चिए पनि विकेट भने लिन सकेनन्।