‘हत्यारालाई आममाफी, नागरिकमा रुवाबासी’ भन्दै संसद भवन अघि प्रदर्शन

सङ्क्रमणकालीन न्याय निरूपणको माग गर्दै संसद भवन अघि विरोध प्रदर्शन गरेका मानव अधिकार तथा शान्ति समाजका करिब डेढ दर्जन अधिकारकर्मीहरू पक्राउ परेका छन् ।

EPIC

आइतबार संसद भवन अघि निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्दा प्रहरीले उनीहरूलाई हस्तक्षेप गरेको हो ।

EPIC EPIC EPIC

उनीहरूले ‘हत्यारालाई आममाफी, नागरिकमा रुवाबासी’, ‘फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।

पक्राउ पर्नेहरूमा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्वअध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बरालसहित करिब डेढ दर्जन रहेका छन्।

सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते दिएको सार्वजनिक बिदा खारेजीसँगै विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न, सङ्क्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन्

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *