हमासले बन्धक बनाएको दुई अमेरिकी नागरिक मुक्त

दुई साताअघि हमासले बन्धक बनाएका दुई अमेरिकी मुक्त भएका छन्। इजरायली प्रधानमन्त्री कार्यलयका अनुसार जुडिथ ताई रानान र नाटाली शोसाना रानान हमासको कब्जाबाट मुक्त भएका हुन्।

मुक्त भएका दुई आमाछोरी भएको इजरायली अधिकारीहरूले बताएका छन्। उनीहरूलाई हमासका लडाकुले दक्षिण इजरायलको ओज किबुजबाट नियन्त्रणमा लिई बन्धक बनाएका थिए।

EPIC EPIC EPIC EPIC

हमासले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेको थियो। जसलाई यो देशको ७५ वर्षे इतिहासकै भयानक मानिएको छ। दक्षिणी इजरायल छिरेका हमासका लडाकुको गोलीबाट १४ सय मारिएका थिए। सोही बेला हमासले दुई सय तीन व्यक्तिलाई बन्धक बनाएको इजरायली अधिकारीहरूको दाबी छ।

हमासले भने दुई सय जनालाई मात्र बन्धक बनाएको दाबी गरेको छ। यहीबीचमा ५० जनालाई फरक समूहले बन्धक बनाएर राखेको शंका छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुई अमेरिकी हमासको कब्जाबाट मुक्त भएको बताएका छन्। रानान आमा छोरीले निकै कष्ट भोग्नुपरेको र उनीहरू रिहा हुँदा आफूलाई राहत महसुस भएको बाइडनको भनाइ छ।

हमासको कब्जामा अरू थुप्रै अमेरिकी रहेको र तिनको रिहाइका लागि आफूहरूको प्रयास जारी रहेको पनि बाइडनले बताएका छन्। यी दुईको रिहाइचाहिँ कतार र इजरायलको प्रयासका कारण सम्भव भएको अमेरिकी भनाइ छ।

दुई अमेरिकी रिहा भए पनि इजरायल र हमासबीच कुनै किसिमको साझेदारी नभइसकेको बताइएको छ। यद्यपि दुईलाई रिहा गरिनु स्थिति वार्ताउन्मुख रहेको संकेत हो। केही दिनअघि फाइनान्सियल टाइम्समा छापिएको खबरअनुसार इजरायलले गाजामाथि आक्रमण रोके मात्र हमास वार्ताका लागि तयार हुनेछ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अक्टोबर ११ देखि १७ सम्म खाडी क्षेत्रको भ्रमणमा थिए। सुरुमा इजरायल पुगेका उनले जोर्डन, कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र इजिप्टको भ्रमण गरेका थिए। कतारमा त्यहाँका प्रधानमन्त्रीसँग भेट गरेका उनले हमासले बन्धक बनाएका अमेरिकीलाई रिहाको प्रयास गरिदिन आग्रह गरेको बताइएको छ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीका अनुसार हमासले दुई अमेरिकीलाई गाजाको रेड क्रसका प्रतिनिधिकहाँ पुर्‍याइदिएका थिए। कतारले अमेरिकी बन्धकलाई छुटाउन थुप्रै दिन हमाससँग छलफल गरेको अन्सारीको भनाइ छ।

‘इजरायल र हमाससँग हाम्रो छलफल जारी रहनेछ। मलाई लाग्छ छलफलको नतिजा सकारात्मक आउनेछ। सबै बन्धक छुट्छन् भन्नेमा हामी आशावादी छौँ। बन्धक छुटे मात्र हालको संकट टर्नेछ र शान्ति स्थापना हुनेछ,’ अन्सारीले भनेका छन्।

इजरायली प्रधानमन्त्री कार्यालयले दुई बन्धकलाई आफ्ना सुरक्षाकर्मीले भेटेको र उनीहरूको रिहाइका लागि भएको छलफलमा गाल हिर्स संलग्न रहेको बताएको छ। इजरायली सेनाका पूर्वबिग्रेडियर जनरल हिर्स बन्धक रिहाइका लागि हुने गरेको छलफलमा इजरायली प्रतिनिधि हुन्। कार्यालयले अमेरिकी आमाछोरी इजरायली सेनाको शिविरमा रहने र त्यहाँ परिवारका सदस्यसँग भेट गर्ने जनाएको छ।

इजरायली सेनाका प्रवक्ता डानियल हागारीले हमासले बन्धकलाई राखिएको ठाउँबारे सूचना संकलन गरिरहेको बताएका छन्। ‘दुई बन्धकलाई रिहा गरेपछि हमासले शान्तिका लागि पहल गरिरहेको सन्देश दिने प्रयास गर्नेछ। जबकि यो आतंवादी संगठन हो, जसले बालबालिका, महिला, प्रौढहरूलाई बन्धक बनाएको छ,’ हागारीले भनेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *