बुद्धशान्ति । पर्यटकीय नगरी इलामका बिभिन्न क्षेत्रहरु आउने पर्यटकहरुलाई लक्षित गरि हर्कटेमा नयाँ होटल (होटल होस्मा) संचालनमा आएको छ । पर्यटकीय नगरी कन्याम नजिकै हर्कटेमा झापाली युवा होटल व्यवसायी राज पौडेलले आफ्नो लगानीमा होटल संचालनमा ल्याएका हुन् ।

भर्खरै मात्र संचालनमा आएको होटलले स्वदेशी साथै बिदेशी पर्यटकलाई सेवा सुविधा दिने संचालक पौडेलले बताए । लज सहितको होटलको अभाब रहेको हर्कटेमा उत्साहजनक सेवासुबिधा दिनेमा आफू विश्वस्त रहेको पौडेलले बताए । मिटिङ, सेमिनारका लागि खान, बस्न समेत उपयुक्त स्थान रहेको होटल होस्मामा एकपटक अवलोकन गर्न सम्पूर्ण ग्राहकहरुलाई उनले अनुरोध गरेका छन् ।

लामो समयको होटलको अनुभव भएका पौडेलको झापाको बिर्तामोडमा लाहुरे होटल एण्ड लज समेत छ । यहाँका ग्राहकलाई हर्कटेमा आउँदा दश प्रतिशत समेत छुटको व्यवस्था रहेको उनले सुनाए । बुधबारे जेसीजका कोषाध्यक्ष समेत रहेका पौडेलले दुबाईमा १६ बर्ष होटल र हस्पिटालिटीको क्षेत्रमा अनुभव संगालेका छन् । उनी सेफ(कुक)को क्षेत्रमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम समेत लेखाउन सफल छन् ।
