हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर हटाएपछि

 धरान उपमहानगरपालिकामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो राखिएको छ।

बिहीबार नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले आफ्नो कार्यकक्षबाट राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डको तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो राखेका हुन्। यलम्बरको फोटो राखिएको धरान उपमहानगरपालिकाका मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले पुष्टि गरे।

EPIC EPIC EPIC EPIC EPIC

बुधबार नगर प्रमुख राईको आधिकारिक फेसबुक पेज हर्क साम्पाङ अ रिभोलुसनबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किरातीहरूको राजा यलम्बरको तस्बिर राख्ने जानकारी गराएका थिए। ‘जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ, त्यो दिन पुनः उनीहरूको फोटो टाँसिन्छ,’ नगरप्रमुख राईले सञ्जालमा लेखेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *