हल्दिबारीको श्री शान्ति सामुदायिक वन उपभोक्ता समूहद्वारा विद्युतीय चुलो वितरण

झापा। हल्दिबारी गाउँपालिका वडा नं. ५ – श्री शान्ति सामुदायिक वन उपभोक्ता समूहले आज एक विशेष कार्यक्रममा उपभोक्ताहरुलाई सहुलियतमा विद्युतीय इन्डक्सन चुलो वितरण गरेको छ।

EPIC

समूहका अध्यक्ष उदेश मोक्तानको अध्यक्षतामा आयोजित कार्यक्रमका क्रममा सामुदायिक विद्युत उपभोक्ता महासंघसँगको सहकार्यमा ८ सय उपभोक्ताबाट संकलन गरिएका रकमबाट वन समूहले ८ सय ८० रुपैयाँ र विद्युत महासंघले २ हजार ७० रुपैयाँ अनुदान गरी ३ हजार ७५० रुपैयाँ मूल्य बराबरको इन्डक्सन चुलो सहुलियत मूल्यमा उपलब्ध गराएको हो।

EPIC EPIC EPIC

समूहले बताएको अनुसार, ग्यासको तुलनामा यो चुलोले ५० प्रतिशत खर्च बचत गर्नेछ। नेपाल सरकारबाट मान्यता प्राप्त रेस पास भएका ब्राण्डका चुलोहरू सुरक्षित रहेका छन्।

२ हजार वाट तापशक्ति भएको यो चुलोले सामान्य परिवारमा प्रतिमहिना ७५ युनिट मात्रै विद्युत खपत गर्ने अनुमान गरिएको छ।

अध्यक्ष मोक्तानले भने, “यो कार्यक्रमले उपभोक्ताहरुको वनमा निर्भरता घटाउने र एलपी ग्यासको खपत पनि कम गराउने लक्ष्य राखेको छ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *