हल्दिबारी। झापाको हल्दिवारी गाउँपालिका ४ मा बालक चोर्दै गर्दा एक जना युवक पक्राउ परेका छन्।
सोमबार बिहान स्थानीय रुद्र मैनालीको चिया बगानमा मजदुरी गर्दै आएका लोकमान र लक्ष्मी राईका १० महिनाको छोरालाई महिलाको कपडा लगाएर घरभित्र प्रवेश गरी लैजान आँटेपछि उनलाई स्थानीयले पक्राउ गरी जलथल प्रहरीलाई बुझाएका छन्।
पक्राउ परेको युवा प्रष्ट नेपाली बोल्ने र थप दुई जना रहेको समेत बताएका पक्राउ परेका युवकले बताए
पक्राउ परेका युवकले आफ्नो नाम बुद्ध उराव रहेको र भारतको इस्लामपुर घर भएपनी साविक गोलधाप , भुतेनी खोला पारी बस्दै आएको बताएका छ्न्।