Search
Close this search box.
Search
Close this search box.

हल्दिबारीमा “स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम”का लागि त्रिपक्षीय हस्ताक्षर


झापा। समुदाय-प्रहरी साझेदारी अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नक्साल, काठमाडौंद्वारा तयार गरिएको “स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम पुस्तक-२०८०” लाई विद्यालयको पाठ्यक्रममा समावेश गरी अनिवार्य रूपमा पठनपाठन गराउने उद्देश्यले झापाको हल्दीबारी गाउँपालिकामा त्रि-पक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी., सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उप-अनुसन्धान निर्देशक कुल चन्द्र नेपाल, हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), पालिकाका ५ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरू, र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

EPIC

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रहरी चौकी जलथल झापाका प्रमुख प्रहरी सहायक निरीक्षक ओम राज पौडेलले “स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम पुस्तक-२०८०” को आवश्यकता, औचित्यता, र विषयवस्तुबारे प्रस्तुति दिएका थिए।

नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी., हल्दीबारी गाउँपालिकाको तर्फबाट शिक्षा शाखा प्रमुख जनक कुमारी राई, र हल्दीबारी गाउँपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको तर्फबाट जनजागृति माध्यमिक विद्यालय हल्दीबारी-१ झापाकी प्रधानाध्यापक इन्दिरादेवी कडेल (चुडाल) ले त्रि-पक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर पत्रमा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, र पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले रोहवरमा हस्ताक्षर गरेका थिए।

कार्यक्रमको अन्त्यमा प्रहरी उपरीक्षक मिलन के.सी. र प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *