झापा। हाम्रो लगानी, घरघरमा स्वच्छ खानेपानी ” भन्ने नारा हल्दिवारी गाउँपालिकाले असोज १ गतेबाट लागु गर्ने भएको छ।
हल्दिवारी गाउँपालिका का अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा आज भदौ ९ गते बसेको कार्यपालिका बैठकले १० हजार लिटरसम्म खानेपानी सबै जनताको लागि नि:शुल्क दिने निर्णय गरेको हो। आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रममा व्यवस्था गरिएको “हाम्रो लगानी, घरघरमा स्वच्छ खानेपानी ” नारा स्विकृत भई खानेपानी को धारा जडान गरिएको सबै घरमा न्युनतम दश हजार लिटरसम्म प्रयोग गरेबापत लाग्ने शुल्क गाउँपालिका भित्र सञ्चालन रहेका खानेपानी उपभोक्ता समितिहरूलाई मासिक रुपमा खानेपानी संरचना निर्माण तथा सुधार कार्यक्रम शिर्षकबाट भुक्तानी दिने निर्णय भएको गाउँपालिका प्रवक्ता देवी बहादुर थापाले जानकारी दिएका छन्।