हल्दीबारीका  स्थानीय अब विद्युत महसुल तिर्न बिर्तामोड धाउनु नपर्ने 

whatsapp image 2023 03 30 at 15.21.56

हल्दीबारी – हल्दीबारीका स्थानीयले बिर्तामोडसम्म पुगी विद्युत महशुल तिर्ने झन्झटबाट मुक्त भएका छन्। 

हिजो हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले हल्दीबारी १ गोलधाप बजारमा स्थापना गरिएको विद्युत महसुल काउन्टरको  रिबन काटेर उद्घाटन गरेपछि सेवाग्राहीलाई समस्याबाट मुक्त गर्नुभएको हो। 

EPIC EPIC EPIC
whatsapp image 2023 03 30 at 15.26.01

बिद्युत् प्राधिकरणका झापा शाखाका प्रमुखको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन रहनुभएको थियो। 

झापा भरीका सेवाग्राहीले आफ्नो अनुकूलता अनुसार यहाँबाट विद्युत महसुल तिर्न सक्नेछन् यद्यपि यो योजना अनुसार हल्दीबारी गाउँपालिका, बाह्रदशी वडा नं ३ र ५ साथै बिर्तामोड वडा नं १० समेतलाई समेटेर सेवा प्रवाह गरिने लक्ष्य राखिएको हल्दीबारी गाउँपालिका १ का वडा अध्यक्ष देवी थापाले जानकारी दिनुभयो। 

माननीय सासंद राजेन्द्र लिङ्देन उर्जा मन्त्री हुनु भएका बखत नै यो कार्यको लागि सम्बोधन भएको थियो र सोही अनुरूप कामले पूर्णता पाएको थापाले बताउनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *