हल्दीबारीमा प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने


झापा । स्व. जगतबहादुर–नरमाया वन स्मृति प्रतिष्ठान र हल्दीबारी–३ को आयोजनामा फागुन ९ र १० गते प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

EPIC

प्रतियोगितामा हल्दीबारी गाउँपालिकाका पाँचवटै वडाका खेलाडीहरूको सहभागिता रहनेछ। खेलका विजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्ने प्रतिष्ठानका संरक्षक तथा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले जानकारी दिएका छन्।

EPIC EPIC EPIC

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी हल्दीबारी नमुना माविले लिएको छ। विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनले खेल व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *