हल्दीबारीमा माथिल्लो भुसुडी खोलाको पक्की पुल उद्घाटन, ५०० घरधुरी लाभान्वित

हल्दीबारी– झापाको हल्दीबारी गाउँपालिकाले काठेपुल विस्थापनको लक्ष्यसहित निर्माण भइरहेका तीन पक्की पुलमध्ये तेस्रो पुल आज (बिहीबार) उद्घाटन गरेको छ। वडा नम्बर २ र ३ जोड्ने माथिल्लो भुसुडी खोलामा बनेको पुल एक समारोहका बीच सार्वजनिक गरिएको हो।

चार करोड ६७ लाख ९४ हजार ८७८ रुपैयाँ ४४ पैसामा सम्झौता भएको तीनवटा पुलमध्ये यसअघि भुतेनी खोला र तल्लो भुसुडी खोलाका पुल उद्घाटन भइसकेका छन्। एक करोड ३० लाख लगानीमा निर्माण गरिएको २६.८ मिटर लम्बाइ र ७.५ मिटर चौडाइको माथिल्लो भुसुडी खोलाको पक्की पुल अब औपचारिक रूपमा सञ्चालनमा आएको हो। पुल सञ्चालनसँगै हल्दीबारी–२ र ३ का करिब ५०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने बुझिएको छ।

EPIC EPIC EPIC

उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले संयुक्त रूपमा सम्पन्न गरे। लक्ष्मी मावि पूर्वपट्टिमा अवस्थित पुल उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बनले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा हल्दीबारी–३ का वडाध्यक्ष बिष्णुप्रसाद ओली, एमाले हल्दीबारी गाउँपालिकाका अध्यक्ष त्रिलोचन सापकोटा, कांग्रेस हल्दीबारीका सभापति गंगाप्रसाद प्रसाईलगायतले शुभकामना मन्तव्य व्यक्त गरे। सो अवसरमा वडा २ र ४ का वडाध्यक्ष, कार्यपालिका सदस्य, सामाजिक अगुवाहरू तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *