हल्दीबारीमा मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी पाँचदिने तालिम सम्पन्न

झापा — हल्दीबारी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी पाँचदिने सिपमूलक तालिम शुक्रबार सम्पन्न भएको छ।

गाउँपालिकाका पाँचै वडाबाट पाँच–पाँच जना प्रतिनिधि कृषक छनोट गरी प्रदान गरिएको उक्त तालिममा सहभागी कृषकहरूलाई दैनिक उपभोग्य तरकारी आफैं उत्पादन गर्न सक्ने र थप उत्पादन बजारमा बिक्री गरी आम्दानी गर्न सक्ने सीप प्रदान गरिएको हो।

EPIC EPIC EPIC EPIC

तालिममा प्रशिक्षक राजेन्द्र कणरिया र बिमल तामाङले मौसमअनुसार उपयुक्त तरकारीको छनोट, मल, माटो तथा आवश्यक औषधि र भिटामिनको उचित प्रयोग, उत्पादन प्रविधि, तथा बजारको सम्भावनाबारे जानकारी दिएका थिए। “सहि समयमा उचित तरिका अपनाएर खेती गर्न सके बजारको कुनै अभाव हुँदैन,” प्रशिक्षक तामाङले बताए।

समापन कार्यक्रम हल्दीबारी गाउँपालिका कार्यवाहक अध्यक्ष देवीबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडानं. २ का वडा अध्यक्ष शुकलाल राजवंशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, कार्यपालिका सदस्य भगिरथा दाहाल, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरलगायत सहभागी कृषकहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष थापाले कार्यक्रमको समापनमा बोल्दै सिकेको सीपलाई व्यवसायसँग जोडेर आत्मनिर्भर बन्न कृषकहरूलाई आग्रह गरे। वडा अध्यक्ष राजवंशीले मौसमी तथा बेमौसमी तरकारी खेतीलाई व्यवस्थित र व्यावसायिक रूपमा अघि बढाउन सकिने धारणा व्यक्त गरे।

कार्यक्रमको उद्देश्य र गतिविधिबारे प्रशासकीय अधिकृत राजन न्यौपानेले जानकारी दिएका थिए भने कार्यक्रमको सञ्चालन रोजगार संयोजक सपना न्यौपानेले गरेकी थिइन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *