हल्दीबारी गाउँपालिकाको गाउँ सभाले विकास र सुशासनलाई प्राथमिकता दिँदै विधेयक अनुमोदन

हल्दिबारी। झापाको हल्दीबारी गाउँपालिकाको १८औं गाउँ सभा अधिवेशन आज सम्पन्न भएको छ। गाउँ सभा अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा सम्पन्न सभामा सम्पूर्ण गाउँ सभा सदस्य (जनप्रतिनिधि) तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। सभाको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत एवं सदस्य सचिव मानबहादुर वन महेन्द्रले सभाका आचारसंहिता सम्बन्धी प्रष्ट पार्नुभयो भने वडा नं. ३ का वडा अध्यक्ष विष्णु ओलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

आजको सभामा विनियोजन ऐन २०८१ को पहिलो संशोधन उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले पेश गर्नुभएको थियो। साथै, गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष देवीबहादुर थापाले विभिन्न विधेयकहरू तथा विविध निर्णयहरू प्रस्तुत गर्नुभयो। सभाले उत्कृष्ट कृषक कार्यविधि, गाउँ/नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन ऐन, शिक्षक सरुवा सम्बन्धी कार्यविधि, हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, तथा प्राविधिक तथा सीप विकास सम्बन्धी कार्यविधिहरूलाई सर्वसम्मत अनुमोदन गरेको छ।

EPIC EPIC EPIC EPIC EPIC

गाउँ सभाले पारित गरेका यी विधेयकहरूले गाउँपालिकाको समग्र विकास, सुशासन, शिक्षा, कृषि तथा सुरक्षाको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *