हल्दीबारी झापाकै पहिलो पूर्ण साक्षर पालिका घोषित

हल्दीबारी। झापाको हल्दीबारी गाउँपालिकाले शुक्रबार ऐतिहासिक उपलब्धि हासिल गर्दै पूर्ण साक्षरता पालिका घोषणा गरेको छ।

झापाका १५ वटा पालिकामध्ये पूर्ण साक्षरता घोषणा गर्ने यो पहिलो पालिका हो।

EPIC EPIC EPIC EPIC EPIC

पालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पूर्ण साक्षरता घोषणासँगै गाउँ शिक्षा योजना सार्वजनिकिकरण, पूर्ण खोप पालिका दिगोपना घोषणा, र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मान कार्यक्रमसमेत सम्पन्न भए।

२०८१ सालको एसईई परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयका ३२ जना उत्कृष्ट विद्यार्थीहरूलाई नगद, प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षता र प्रतिनिधिसभा सदस्य तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लिङ्देनले शिक्षा र स्वास्थ्यलाई आफूले सधैं उच्च प्राथमिकता दिएको स्पष्ट पारे। उनले भने, “शिक्षा र स्वास्थ्य जनताको पहुँचमा नपुग्दासम्म देशले प्रगति गरेको मान्न सकिन्न। बाटो र भवन मात्र होइन, गुणस्तरीय सेवा चाहिन्छ।” उनले शिक्षा र स्वास्थ्य राज्यले पूर्णरूपमा निःशुल्क प्रदान गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य स्पष्ट पारेका थिए। वडा नं २ की कार्यवाहक वडाध्यक्ष रचना कुलुङले शुभकामना मन्तव्य दिएकी थिइन्।
पालिकाका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौला र शिक्षा शाखा प्रमुख जनककुमारी राईले आ–आफ्ना शाखाको गतिविधिबारे जानकारी गराएका थिए।

कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपाले गरेका थिए।
कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा पालिकाका कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *