पालिका सन्देश
काठमाडौं । इन्धनको मूल्य घटेसँगै हवाईभाडा पनि घटेको छ । नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरि इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएपछि हवाईभाडा पनि घटेको हो ।
वायुसेवा सञ्चालक संघका अनुसार हवाइभाडा आजदेखि लागू हुनेगरी घटाइएको छ । जस अनुसार अब काठमाडौं देखि भद्रपुरको यात्रा गर्नुपर्यो भने ४ हजार ८०५ रुपैयाँ तिर्नु पर्नेछ । यसअघि ५ हजार १०५ रुपैयाँ भाडादर रहेको यो रुटमा ३०० रुपैयाँ भाडा कम कायम गरिएको छ ।
त्यसैगरी, यसअघि ४ हजार ८० रुपैयाँ भाडा तोकिएको काठमाडौं–विराटनगरको यात्रामा २४० रुपैयाँ घटाई ३ हजार ८४० रुपैयाँ कायम गरिएको छ भने यसअघि २ हजार १८५ रहेको काठमाडौं–जनकपुरको भाडादरमा १३० रुपैयाँ घटाइ २ हजार ५५ रुपैयाँ कायम गरिएको छ ।