हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

नयाँ दिल्ली। दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

EPIC

घटना बिहीबार साँझ केरलाको राजधानी तिरुवनन्तपुरमबाट करिब ४२२ किलोमिटर उत्तरमा कोझिकोड जिल्लाको कोइलान्डी नजिकै रहेको मानकुलङ्गारा मन्दिरमा भएको हो ।

EPIC EPIC EPIC

“स्थानिय व्यक्तिले पटाका फालेपछि दुई हात्तीहरू आपसमा झगडा गर्न थाले, जसको कारण पर्खालको एक भाग भत्कियो । केही मानिसहरू त्यसको मुनि फसे,” एक प्रहरी अधिकारीले बताउनुभयो ।

“पर्खाल भत्किँदा दुई महिला र एक पुरुषको मृत्यु भएको छ । यो देखेर त्यहाँ उपस्थित श्रद्धालुहरूमा भागदौड मच्चियो, जसमा ३० जना घाइते भए ।”

टेलिभिजनका तस्बिरहरूले दुईवटा हात्तीहरू एकअर्कासँग लडिरहेका देखाइएको छ । (सिन्ह्वा)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *