हात्तीको बंगारासहित अर्जुनधाराका लिम्बू र विश्वकर्मा पक्राउ

झापा प्रहरीले हात्तीको बंगारासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं. ७ जरुवा टोलका ४७ वर्षीय तिखबहादुर विश्वकर्मा र ५० वर्षीय शावा लिम्बु रहेका छन्। उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।

सुरुमा प्रहरीले विश्वकर्माको घरमा हात्तीको बंगारा लुकाएर राखिएको सूचना पाएको थियो। गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेर एक केजी ७९० ग्राम तौल भएको हात्तीको बंगारा बरामद गरेको थियो।

EPIC EPIC EPIC

सोधपुछका क्रममा विश्वकर्माले शावा लिम्बुको घरबाट ल्याएर राखेको बताएपछि लिम्बुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आज जिल्ला वन कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *