झापा — झापाको कनकाई नगरपालिका २ जामुनखाडीमा करेसाबारीमा हात्ती रोक्नका लागि विछ्याइएको करेन्ट लाग्दा शुक्रबार बिहान ८ जना घाइते भएका छन्।
घाइते हुनेमा ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की, १८ वर्षीय सलिन कार्की, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, २२ वर्षीया लक्ष्मी चौहान र ४४ वर्षीय तुलाराम कार्की रहेका छन्।
उनीहरूलाई तत्काल उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको हो। अस्पताल स्रोतका अनुसार सबै घाइतेहरूको अवस्था अहिले सामान्य रहेको छ।
प्रहरीका अनुसार करेसाबारीमा जंगली हात्ती धपाउन लगाइएको करेन्टमा परेर स्थानीयवासी घाइते भएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।