झापा मेचिनगरमा हात्तीको आक्रमणबाट १ जनाको ज्यान गएको छ।
बुद्धशान्ति -५ निवासी ३६ बर्षिया कृष्णकुमारी श्रेष्ठको शुक्रबार अपरान्ह मृत्यु भएको प्रहरीले जनाएको छ।
धुलाबारीबाट स्कुटरमा घर फर्कने क्रममा उनलाई थोप्ले बिरानमा हात्तीले आक्रमण गरेको थियो।
घाइते श्रेष्ठलाई उपचारका लागी धुलाबारी स्थित आम्दा अस्पताल पुर्याएको केहि समयमा ज्यान गएको समेत प्रहरीले उल्लेख गरेको छ।
पछिल्लो समय हात्ती आक्रमणबाट धेरैले ज्यान गुमाएका छन्।
केहिसमय अघि हात्ती खेदाउन जाने क्रममा सर्पको डसाईबाट बुद्धशान्तिकै एक किशोरले समेत ज्यान गुमाएका थिए।


















