विर्तामोड । हात्ती धपाउन राखेको तारमा अचानक तारबाट करेन्ट लागेर झापाका एक महिलाको मृत्यु भएको छ ।
सोमबार विहान ८ बजे हात्ती धराउन राखिएको तारमा अचानक छुदाँ करेन्ट करेन्ट लागेर भद्रपुर १० केन्द्रमोड बस्ने शिव पौरियाकी ५४ वर्षिया श्रीमती कल्पना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुन गई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत समेत रहेका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।