Search
Close this search box.
Search
Close this search box.

हात्ती नियन्त्रण गर्न बजेट ब्यवस्थापन गर : बिश्वप्रकाश शर्मा

screenshot 2023 04 28 15 21 46 08 a23b203fd3aafc6dcb84e438dda678b6

नेपाली काङ्ग्रेसका महामन्त्री एवं झापा क्षेत्र नम्बर १ का सांसद बिश्वप्रकाश शर्माले हात्ती आतंक नियन्त्रणमा बजेट छुट्याउन संघीय संसदमा सरकारसँग माग गरेका छन् ।

महामन्त्री शर्माले झापा बुद्धशान्तिको खारखोलामा हालसालै मात्रै पनि हात्तीको आक्रमणमा परी ७० वर्षीय ज्येष्ठ नागरिक भिमलाल भट्टराईको ज्यान गएको उल्लेख गर्दै सो जिल्लालाई हात्ती आतंकबाट मुक्त गराउने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

EPIC EPIC EPIC

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले पीडित भट्टराई परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

उनले मेची नदीको तटबन्ध निर्माण गर्न पनि विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

सभामुख तर्फ इन्कित गर्दै सांसद शर्माले
‘यहाँ निर्वाचित हुनु भएको निर्वाचन क्षेत्र बुद्धशान्ति गाउँपालिकामा पर्दछ । त्यो गाउँपालिकाको वडा नम्बर ५ स्थित खारखोला अहिले शोकमा छ । करिव ७० वर्षका भिमलाल भट्टराई हात्तिको आक्रमणमा मारिनु भएको छ । केही समय यता त्यो गाउँमा हात्ति आतंक मच्चिरहेको छ । यो वर्ष त्यो वडामा ३ जना मारिएका छन्’, सांसद शर्माले भने, ‘गत वर्ष १७ वर्षका युवा हात्ति धपाउन जाँदा सर्पले टोकेर उनको मृत्यु भयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *