हाप्किडो संघ झापाको नेतृत्वमा फुर्वा तामाङ

whatsapp image 2023 04 02 at 16.52.01

झापा । नेपाल मार्सल आर्टस हाप्किडो संघ झापा जिल्लाको पहिलो अधिवेशनले फुर्वा तामाङको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

बुटवलमा आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा शौरव बुढा र , सचिवमा तिलक योन्जन, सहसचिवमा बिकास गौतम, कोषाध्यक्षमा सुनिता तामाङ र सदस्यहरुमा दावा शेर्पा, अर्बिन पोद्दार, रमेश चौधरी, शुभला तामाङ, बेनुका मगर र बिकास केसी चयन भएका छन्।

EPIC EPIC EPIC

हाप्किडो संघ झापाको गत बर्ष नै तदर्थ समिति बनेको थियो। आइतबार बिर्तामोड स्थित एक होटलमा सम्पन्न प्रथम अधिबेशनमा नेपाल मार्सल आर्ट हाप्किडो संघ तथा दक्षिण एसियाली संघका अध्यक्ष कालीबहादुर घर्ती मगरको उपस्थितिमा झापा जिल्ला समिती गठन पुरा भएको हो।

कार्यक्रममा प्रमुख अतिथी कोशी प्रदेश सांसद गोपाल तामाङ, बिशिष्ट अतिथी झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेषराज भण्डारी लगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए।

प्रमुख अतिथी तामाङले खेलकुदले राष्ट्रियलाई पहिचान मात्रै होइन,युवाहरूलाई उर्जा र अनुशासित समेत बनाउने उल्लेख गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *