हाम्रो नेपाल साकोसद्वारा विद्यार्थीलाई झोला वितरण

बिर्तामोड, ८ मंसीर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलामको सूर्योदय नगरपालिका–७ स्थित नवज्योति आधारभूत विद्यालयका २८ जना छात्रछात्रालाई शैक्षिक सामग्री (स्कुल ब्याग) प्रदान गरेको छ।

मंसिर ७ गते विद्यालयमा आयोजित एक कार्यक्रमका बीच संस्थाले बाल कक्षा देखी पाँचसम्म अध्ययनरत २८ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको हो । शैक्षिक सामग्री वितरण गर्दै संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमले शिक्षाको विकासमा सहयोग पुर्‍याउन र विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले संस्था नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

EPIC EPIC EPIC

कार्यक्रममा नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक ज्योती न्यौपानेले सहकारी संस्थाले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यसले विद्यार्थीको मनोबल बढाउन सहयोग पुगेको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेयरमान खड्काले सहकारी संस्थाले शिक्षा क्षेत्रमा देखाएको सक्रियता र कदमको उच्च प्रशंसा गर्नुभयो।

यसैगरी, संस्थाका हर्कटे सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजक कुल प्रसाद पौडेल र जनप्रतिनिधि भानु प्रकाश खड्काले समेत शैक्षिक सहयोगको महत्वबारे प्रकाश पार्दै मन्तव्य राख्नु भएको थियो।

संस्थाका व्यवस्थापक सरोज दाहालले यसअघि पनि संस्थाले यस्तै सामाजिक कार्यहरू गर्दै आएको जानकारी दिँदै आगामी दिनहरुमा समेत संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका शिक्षक बुद्ध छिरिङ लाप्चाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा सहकारी संस्थाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको संस्थाका हर्कटे सेवाकेन्द्र प्रमुख सन्देश खड्काले बताउनुभयो।

स्मरण रहोस्, शैक्षिक सामग्री सहयोग गरिएको नवज्योति आधारभूत विद्यालयमा लोपोन्मुख जातिको सूचीमा रहेको लेप्चा समुदायका बाल बच्चाहरू समेत अध्ययनरत छन्। यस सहयोगले उक्त समुदायका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *