हाम्रो नेपाल साकोस १२ बर्षमा प्रवेश

झापा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था आइतबारबाट १२ बर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा सदस्यहरुको माझमा छुट्टै छाप बसाएर सफलतापूर्वक ११ बर्ष पुरा गरेर १२ औँ बर्षमा प्रवेश गरेको छ ।

संस्था १२ औँ बर्षमा प्रवेश गरेको अवसरमा संस्थाका अध्यक्ष भवानी प्रसाद दंगालले शुभकामना व्यक्त गरेका छन् । उनले २०६९ सालमा स्थापना भएको संस्थाले १२ औँ बर्षमा प्रवेश गरिरहँदा संस्थामा ३५ हजार ८ सय ८४ जना सदस्यहरुको न्यानो माया तथा सद्भावले सहकारी यहाँसम्म आइपुगेको भन्दै खुसी व्यक्त गर्दै सम्पूर्णलाई धन्यवाद दिएका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र बनाई ३१ वटा सेवाकेन्द्रबाट सदस्यहरुलाई सेवा दिइरहेको संस्थाले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्ने अध्यक्ष दंगालले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *