Search
Close this search box.
Search
Close this search box.

हालसम्म चिसोका कारण १० जना भूकम्पपिडितको ज्यान गयो

जाजरकोटमा चिसोका कारण थप ३ जना भूकम्प पीडितको मृत्यु भएको छ। चिसोका कारण शनिबार थप तीन जना भूकम्प पीडितको मृत्यु भएको हो। यो संगै चिसोबाट ज्यान गुमाउने भूकम्प पीडितको संख्या १० पुगेको छ ।

गत कार्तिक १७ गते गएको भुकम्पका कारण घर भत्किएपछि त्रिपालमा बसोबार गर्दै आएका भूकम्प जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र भेरीनगरपालिका वडा नं ४ तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो।

EPIC EPIC EPIC

त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उहाँको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

यसअघि बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका, नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट ६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको मृत्यु भइसकेको छ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी १५४ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *