Search
Close this search box.
Search
Close this search box.

हिजोदेखि हराइरहेका दुप्चेश्वरका हरि तमाङ शिवपुरीको जंगलमा मृत भेटिए

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाबाट हराइरहनुभएको एक वृद्ध जिलको शिवपुरी गाउँपालिकामा मृत अवस्थामा फेला पर्नुभएको छ । बिहीबार दिउँसोबाट हराइरहनुभएको दुप्चेश्वर ५ का ५५ वर्षीय बोम्जन साइला भानिने हरि तामाङ शुक्रबार बिहान शिवपुरी ५ को जंगलमा मृत अवस्थामा फेला परेका छन ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य समेत रहनुभएको नेकपा एमालेका नेता आर्यन गोले तामाङले बिहीबारदेखि नै निरन्तर खोजी गर्दा शुक्रबार बिहान शिवपुरी ५ को जंगलमा मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । जनप्रतिनिधि गोले आफैँ हिजैदेखि खोजीमा रहनुभएको थियो ।

EPIC EPIC EPIC

घटनास्थलको अवस्था हेर्दा पञ्चकन्या गाउँपालिकाको घ्याङस्वाराबाट लडेर उहाँ शिवपुरी ५ को जंगलमा पुगेको गोलेले जानकारी दिनुभयो । अहिले घटनास्थलमा मृतकका छोराहरू पनि पुगिसकेका छन भने प्रहरीलाई खबर गरिएको गोलेले जानकारी दिनुभयो । भीरबाट हरिबहादुर दुई समय मिटर तल खस्नुभएको देखिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *