Search
Close this search box.
Search
Close this search box.

हिन्दुमाथी आक्रमणको विरोधमा वीरगञ्जमा हिन्दुवादीहरूको प्रदर्शन

सर्लाही। सर्लाहीको मलंगवामा हिन्दुमाथि आक्रमण भएको विरोधमा वीरगन्जमा हिन्दूवादीहरुले आन्दोलन सुरु गरेको छ ।

हिन्दूवादीहरुले आज दिउँसो जुलुस निकालेका हुन् । सो क्रममा पसलहरू बन्द गराएपछि अहिले वीरगञ्जको अवस्था तनावग्रस्त बनेको छ ।

EPIC

सम्भावित घटना हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । हिन्दूवादीहरुले आक्रमणकारीलाई कडा कारबाही गर, हिन्दु राष्ट्र घोषणा गर, हिन्दु एकता जिन्दाबाद नारा लगाइरहेका छन् ।

मलंगवामा बिहीबार राति मूर्ति सेलाउन जानेक्रममा दुई समुदायबीच झडप भएको थियो । एक हिन्दू युवकमाथि छुरा प्रहार गरिएको छ ।

घटना उग्र रूप लिएपछि स्थानीय प्रशासनले मलंगवा क्षेत्रमा बिहीबार राति १० बजेदेखि नै अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *