हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गर्नुभएको छ ।

मङ्गलबार पत्रकार सम्मेलन गर्दै प्रसाईँले जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारप्रति असन्तुष्टि जनाउँदै छठ पर्व सकिएलगत्तै आन्दोलन सुरु गर्ने बताउनु भयो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

‘हामी दसैँ, तिहार र छठपछि हिन्दु राष्ट्र र वैदिक सनातन धर्मसहित किरात–बौद्धलाई समेट्ने अधिराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन सुरु गर्छौँ,’ उहाँले भन्नुभयो, ‘पुनर्स्थापना नभएसम्म आन्दोलन रोकिँदैन।’

उहाँले सामाजिक सञ्जालमा मात्रै सीमित नभई सडकबाट आन्दोलनको नेतृत्व गर्ने स्पष्ट संकेत पनि दिनुभयो।

प्रसाईंले पाथीभरा देवीसमक्ष व्यवस्था परिवर्तनको कसम खाएको र यही उद्देश्यका लागि आएको बताउँदै भन्नुभयो, “दुर्गा मातालाई के भनेर आएको छु, अरू मागेको छैन व्यवस्था परिवर्तन नगरी फर्कन्न।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *