Search
Close this search box.
Search
Close this search box.

हिमपातका कारण गाउँपालिका केन्द्रमा पानीको हाहाकार

सिमकोट। दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका केन्द्र श्रीनगरमा खानेपानीको समस्या देखिएको छ। हिउँदमा हिमपात नभएको कारण खानेपानीको मुहानमा पानीको स्रोत कम भएपछि धारामा पानी कम आउन थालेपछि समस्या देखिएको हो।

अदानचुली गाउँपालिका– २ का जनक फडेराले खानेपानीको समस्या धेरै हुन थालेको बताए। सिंगो गाउँमा एउटा मात्र सार्वजनिक धारा भएको कारण खानेपानीको समस्या भएको बताउँदै फडेराले यतिबेला त धारामा पानी पनि सानो आउने भएकाले समस्या बढी हुन थालेको जानकारी दिए।

EPIC

उनले यो समस्या बर्सेनि उस्तै भए पनि यस वर्ष बढी देखिएको बताए। हालसम्म हिमपात नभएका कारण खानेपानीको मुहान सुक्दै गएकाले पनि धारामा पानी थोरै आउँदा स्थानीय समस्यामा परेका हुन्।

अर्का स्थानीय जानकी बुढाले खानेपानी हाहाकार भएको भन्दै उनले पानी थाप्ने भाँडा लाइनमा राखेर भर्नुपर्ने अवस्था आएको जानकारी दिइन्। बिहान–बेलुका मात्र धारामा सानो पानी आउने भएकाले उनले कहिले दुई दिनमा एक गाग्री वा जर्किन पानी भर्न पाइने गरेको बताइन्।

श्रीनगर गाउँ घना बस्ती हो। यहाँ पाँच सयभन्दा बढी घरधुरी छन्। गाउँको धारामा पानी सानो आउने र त्यो पनि पानी भर्न नै नपुग्ने भएकाले कपडा धुन र नुहाउन स्थानीय डेढ घण्टा तलको गल्फागाड खोलामा जाने गरेका छन्। यतिबेला घरका दुई जनाको काम खानेपानीको व्यवस्था गर्न मै समय व्यतित हुने गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *