हिमाल चढ्न ३६ जनाले पाए अनुमति

काठमाडौँ । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शनिबारसम्म तीन वटा हिमाल चढ्न आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका हुन् ।

विभागका पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भने, “विश्वको आठौँ अग्लो हिमाल मनासलुसहित तीन हिमाल चढ्न ३६ जना आरोहीले अनुमति लिएका छन् । जसमध्ये मनासलु, अन्नपूर्ण चौथो र पुथा हिमाल आरोहणका लागि विभागले अनुमति दिएको हो ।”

EPIC EPIC EPIC EPIC EPIC EPIC

आरोहण अनुमति खुला गरिएको पछिल्लो एक सातामा सेभेन समिटबाट १५ जना, एट के एक्सपिडिसनबाट १५ जना र मकालु एड्भेन्चरबाट छ जनाले आरोहण अनुमति लिएको उहाँले जानकारी दिनुभयो । आरोहण अनुमति लिएका आरोही बेलायत, अमेरिका, भारत, जर्मनी, बेलारुस, सिङ्गापुर, दक्षिण कोरिया, फ्रान्स, स्विट्जरल्यान्ड र बेल्जियमका नागरिक छन् । वसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनासलु आरोहण उपयुक्त मानिन्छ । मनासलु आरोहणका लागि गत वर्षको शरद ऋतुमा २६ आरोही समूहका ६५ महिलासहित ३०१ आरोहीले आरोहण अनुमति लिएका थिए ।

मनासलु आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन पर्यटन विभाग र सरोकारवालाबिच अनौपचारिक छलफल जारी रहेको जानकारी दिँदै निर्देशक गुरुङले यो महिनाको अन्त्यसम्म मनासलुको चुचुरोसम्म बाटो बनाएर आरोहण सुरु गरिने जानकारी दिनुभयो । गत वर्ष भदौ ३१ गते मनासलुमा पहिलो आरोहण भएको थियो । हिउँदे सिजनलाई सगरमाथा आरोहण गर्न जानुअघि तयारी गर्ने समयका रूपमा लिइने भएकाले हिउँदे पर्वतारोहणतर्फ मनासलु, चो–ओयु, धवलागिरि, अन्नपूर्ण तेस्रो, आमादब्लमलगायतका हिमालमा बढी आकर्षण हुने गरेको छ । विभागले वर्षमा मार्च, अप्रिल, मेमा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *