हुस्सु र कुहिरोले तराईको जनजीवन प्रभावित, पहाडमा वर्षा र हिमपात

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरोको बाक्लो प्रभाव देखिएको छ भने पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

आज रातीको मौसम पूर्वानुमान अनुसार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहे पनि अन्य स्थानहरूमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा बढ्दो चिसो र तराईमा लाग्ने हुस्सुका कारण जनजीवन सामान्य प्रभावित हुन सक्ने देखिएको छ ।

EPIC EPIC EPIC

भोलि दिउँसोको मौसमबारे जानकारी दिँदै महाशाखाले तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो कायम रहने बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । यसैगरी, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।

हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य र दैनिक जनजीवनमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ । विशेषगरी बिहानी र रातीको समयमा चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल राख्न पनि सुझाव दिइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *