हेटौँडा। मकवानपुर प्रहरीले ८८ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातामाटे चेकपोष्टबाट मकवानपुर ८८ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका–६, बज्रबाराहीका २५ वर्षीय सविन कुमार गुरुङ रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले चितवनबाट सर्लाही जाँदै गरेको ना ८ ख ७५०४ नम्बरको कन्टेनर ट्रकलाई जाँच गर्दा लागुऔषध गाँजा रहेको पाइएपछि गुरुङ सहित ट्रकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । गाँजाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।