Search
Close this search box.
Search
Close this search box.

होक्सेमा आँखा र मानसिक तथा नसा स्वास्थ्य शिविर सम्पन्न

बुद्धशान्ति( पालिका सन्देश)– बुद्धशान्ति १ होक्से झापामा मंसिर ११ गते शनिबारका दिन एकदिने निःशुल्क आँखा र मानसिक तथा नसा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ५० जनाले आँखा र ५० जनाले मानसिक तथा नसा स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् । शिविरमा दुईजनाले आँखा दान गर्ने सूचीमा नाम दर्ता गराएका छन् ।

मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाका डा. चन्द्र नारायण राजबंंशीको नेतृत्वको चिकित्सक टोलीले आँखा सम्बन्धी र डा. अश्विन दवाडी र पूर्व स्वास्थ्य सेवा अधिकृत हेमन्त राज दवाडीले मानसिक तथा नसा स्वास्थ्य सम्बन्धी स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गरेका छन् ।

EPIC EPIC EPIC

डा. राजबंशीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको शिविर सत्य साई केन्द्र बुधबारेको आयोजना, मेची नेत्रालय आँखा अस्पताल काकरभिट्टाको प्राविधिक सहयोग र आनन्देश्वर शिवालय मन्दिर होक्सेको प्रायोजनमा मन्दिर परिसरमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उद्घाटनको अवसरमा आँखा अस्पताल काकरभिट्टाका सुपरभाइजर जय प्रकाश पोखरेलले आँखा सम्बन्धी र आयोजकका तर्पmबाट सत्य साई केन्द्र केन्द्रिय परिषद सदस्य भीम निरौलाले आँखा दान सम्बन्धी मन्तव्य राखेका थिए । कार्यक्रममा अग्रज सामाजिक व्यक्तित्व दिनानाथ ढकालको आतिथ्यता रहेको थियो ।

आनन्देश्वर शिवालय मन्दिर होक्सेका सल्लाहकार संजोजक तथा सामाजिक व्यक्तित्व खड्ग बरालबाट शिविरमा बुद्धशान्ति गाउँपालिका वडा नं. १ का बासिन्दाहरुको उत्साहजनक सहभागिता रहेको विचार व्यक्त भयो ।

सत्य साई केन्द्र केन्द्रिय परिषद सदस्य निरौलाबाट मन्दिर संस्थाहरुले आफ्ना सेवा क्षेत्रमा धर्म सँस्कृतिमात्र नभएर स्वास्थ्य सम्बन्धी सेवा पनि प्रवाह गरी मानवीय सेवा गर्न सक्ने विचार व्यक्त भयो । शिविरमा नेपाल रेडक्रस सोसाइटी शाखा बुधबारेका सभापति सीता निरौला र ज्येष्ठ नागरिक गाउँ समिति बुद्धशान्तिका उपाध्यक्ष रुक्मिनी पाठकले स्वयम्सेवी भूमिका निभाएका छन् ।

शिविर समापनका अवसरमा मेची नेत्रालय आँखा अस्पताल काकरभिट्टालाई सम्मान पत्र र चिकित्सक टोलीका सबैलाई मायाको चिनो प्रदान गरियो ।

शिविर प्रायोजक आनन्देश्वर शिवालय मन्दिर होक्सेका अध्यक्ष पहलमान बरालबाट स्वास्थ्य शिविर आयोजनाले स्थानीयलाई आफ्नै गाउँठाउँमा निःशुल्क, सहज स्वास्थ्य जाँच, उपचार र भरपर्दो परामर्श सेवा उपलब्ध हुने विचार राख्दै शिविरमा स्वास्थ्य सेवा प्रदान गर्नुहुने चिकित्सहरु, स्वयम्सेवकहरु र शिविरमा उपस्थित भई स्वास्थ्य जाँच तथा उपचार सेवा लिनुहुने सबैलाई धन्यवाद ज्ञापन भयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *