झापा – झापामा जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापा बुद्धशान्ति गाउँपालिका–३ पुलचोक बस्ने राजु थापा भनिने २४ वर्षीय नुर खानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
खानले ती महिलालाई मेचीनगर नगरपालिका–११ बाँसवारीस्थित एक होटल एण्ड लजको कोठाभित्र असार ८ गते ललाई फकाई जबरजस्ती करणी गरेको गोप्री सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।