आज बिहान अबेरसम्म पनि ढोका नखोलेको र बाहिर निस्किएको नदेखेपछि होटल संचालकले झ्यालबाट हेर्दा मृत्यु भएको जस्तो देखिएको भनी प्रहरीमा खबर गरेका थिए ।
त्यसपश्चात जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान टोली खटी गई घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धानको क्रममा बिस्तारामा बसेकै अवस्थामा मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।
घटनास्थलकाे मुचुल्का कार्य सम्पन्न गरी शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।