१० बर्षमा १० हजार मेगावाट विजुली भारत निर्यात गर्ने योजना

pushpa kamal dahal prachanda 1068x601

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक विषयलाई नकारात्मक दृष्टिले हेर्ने प्रबृत्तिका कारण नेपाल पछाडी पर्दै गएको बताउनु भएको छ । काठमाडौंंमा आयोजित नेपाल उद्योग परिसंघ सिएनआई नेपालको २० औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गाली गलौज गर्ने प्रबृत्तिका कारण सरकारले गरेका राम्रा कामहरु पनि ओझेलमा पर्दै गएको गुनासो गर्नुभयो ।

निजी क्षेत्रसग मैत्री पूर्ण सहकार्य नगरि मुलुकको समृद्धि नहुने भन्दै उहाले समस्याका रुपमा रहेका ऐन कानुनको सुधार गर्न आफुलागि परेको उल्लेख गर्नु भयो । यसका लागि अहिले भएका विद्यमान ऐन कानुनको र्याडिकल सुधार आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाई थियो

EPIC EPIC EPIC

आफ्नो भारत भ्रमणका क्रमममा भएको विद्युत व्यापारको सम्झौताले आगामी १० वर्ष भित्रमा नेपालले फड्को मार्ने दाबी गर्नु भयो । १० वर्षमा १० हजार मेगावाट विजुली भारतमा निर्यात गर्ने योजनाले मुलुकको अर्थतन्त्र स्वभाविकरुपमा सुध्रिने दाहालको भनाई छ । उहाले नेपाल भारतको सम्बन्धलाई आफ्नो भ्रमणले थप उचाईमा पुर्याएको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिमा विवादका विषयमा राखेको प्रस्तावले पनि दुई मुलुकबीचको सम्बन्ध सुध्रिएको संकेतका रुपमा बुझ्न आग्रह गर्नु भयो । अर्थतन्त्र सुधारकालागि सिएनआईले यसअघिको जस्तै भूमिका खेल्ने प्रधानमन्त्री दाहालको अपेक्षा थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च