१० महिनामा रारा पुगे १३ हजार पर्यटक

मुगु। नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन् । गत वर्ष साउनदेखि यही वैशाख मसान्तसम्म उनीहरुले रारा क्षेत्रको भ्रमण गरेका हुन् ।

रारा राष्ट्रिय निकुन्जको कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले दिएको जानकारी अनुसार गत वैशाख मसान्तसम्म रारा घुम्न आएका पर्यटक सङ्ख्या हेर्दा विगत वर्षभन्दा यो वर्ष बढेको देखिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

सो अवधिमा आन्तरिक पर्यटक १२ हजार ७६१, सार्क राष्ट्रका ४५ र अन्य देशका २०८ जनाले राराको भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०–०८१ मा १७ हजार २९७ पर्यटकले राराको भ्रमण गरेका थिए ।

तर यस वर्ष वैशाखमै १३ हजार बढी पर्यटक रारा पुगेकाले असार मसान्तसम्म अझै बढने र गत वर्षभन्दा बढी पर्यटक रारा पुग्ने आश गरिएको अधिकृत न्यौपानेले बताए । यस्तै विभिन्न शिर्षकमा रु ४४ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ ।

रारा राष्ट्रिय निकुन्जको कार्यालयले यही जेठ ५ गतेसम्म विभिन्न शिर्षकमा सो राजस्व सङ्कलन गरेको हो । यसमध्ये पर्यटन शुल्कबाट रु ३१ लाख २७ हजार राजस्व उठेको छ ।

रारा घुम्न आउने पर्यटकमध्ये आन्तरिकतर्फ प्रति व्यक्ति रु एक हजार, सार्क राष्ट्रका नागरिकलाई रु एक हजार ५०० र विदेशी अन्य देशका नागरिकलाई रु तीन हजार पर्यटन शुल्क तोकेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *