असोज ३ गते बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य बढाइएको छ ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो ।
जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको संघका सचिव देव गिरीले जानकारी दिएका छन् ।
नयाँ निर्णयअनुसार जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ पुगेको छ । पछिल्लो एक सातामा ब्रोइलर कुखराको मूल्यमा तीन पटक वृद्धि भएको हो ।
२५ भदौमा संघले कुखराको प्रतिककेजी मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ पुर्याइएको थियो ।
त्यसलगत्तै गत २७ भदौमा पुनः प्रतिकिलो १० रुपैयाँले बढाएर ब्रोइलरको कोल्ड स्टोर मूल्य २ सय ७० रुपैयाँ पुर्याइएको थियो ।