बेइजिङ । चिनियाँ टोलीले रिले प्रतियोगितामा कांस्य पदक जितेको छ । चिनियाँ विद्यार्थी यु झिदी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पदक जित्ने इतिहासकै सबैभन्दा कान्छी पौडीबाज बन्नुभयो । १२ वर्षीया यु झिदीले यस हप्ता महिला फ्रिस्टाइल रिलेको प्रारम्भिक चरण (हिट्स)मा भाग लिनुभएको थियो ।
बिहीबारको फाइनलमा उहाँले भाग नलिए पनि प्रारम्भिक चरणमा पौडी खेलेका कारण उहाँलाई पदकका लागि योग्य मानिएको थियो । सिंगापुरमा आयोजित फाइनल खेलमा चिनियाँ टोली तेस्रो स्थानमा रहृयो । अष्ट्रेलिया पहिलो स्थानमा थियो र अमेरिकी टोली दोस्रो स्थानमा थियो ।
यससँगै यु झिदी पछिल्लो ९० वर्षमा प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बन्नुभएको हो । यसअघि १९३६ को ओलम्पिकमा डेनमार्ककी इन्गे सोरेन्सनले आफ्नो १२औँ जन्मदिनको एक महिनाभन्दा कम समयमा २०० मिटर ब्रेस्टस्ट्रोकमा कांस्य पदक जित्नुभएको थियो । एजेन्सी