१३ दिनअघि नै मनसुन भित्रने, बाढीपहिरोबाट २० लाख प्रभावित हुने प्रक्षेपण

काठमाडौँ, जेठ १५ गते । यस वर्षको मनसुन तेह्र दिनअगावै नेपाल भित्रने भएको छ । प्री मनसुनले मनसुन भित्रनका लागि राम्रो वातावरण बनाएसँगै नेपालमा छिट्टै मनसुन भित्रन लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । 

अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको आसाम र नेपालको नजिक मनसुनी जलवाष्पसहितको न्यूनचापीय प्रणालीको प्रवेश भइसकेको छ । त्यस्तै बङ्गलादेश र भुटानका पूर्वी भेगमा मनसुन फैलिसकेको छ । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ तारिख हो । भूउपग्रह, वायुमण्डलीय र मौसम मोडेलबाट प्राप्त सूचना अनुसार पनि अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने तय रहेको महाशाखाले प्रस्ट पारेको छ । 

EPIC EPIC EPIC EPIC

मनसुनको सुरुवातको सङ्केत गर्दै बिहीबार रातिदेखि नै नेपालका विभिन्न भू–भागमा बदलीसँगै राम्रो वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । यस वर्षको मनसुनमा देशव्यापी रूपमा विगतको भन्दा अधिक वर्षा हुने प्रक्षेपण गरिएको छ । सरकारका तर्फबाट राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२’ ले देशभरका चार लाख ५७ हजार घरपरिवारका करिब २० लाख मानिस बाढी, पहिरो, भारी वर्षा, डुबानलगायतबाट प्रभावित हुने प्रक्षेपण गरेको हो । 

बुधबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठकले कार्ययोजना पारित गरेको छ । कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले उपत्यकाबाट पानी बाहिरिने एक मात्र बाटो चोभार गल्छी साँघुरो हुँदा गत वर्ष काठमाडौँ उपत्यकामा ठुलो क्षति भएको थियो । मुख्यतः नख्खु, कुलेश्वर, थापाथली, बल्खुलगायतका भू–भाग डुबानमा परेका थिए । त्यहाँ फेरि क्षति हुन नदिन चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । साथै बैठकले आपतकालीन गोदामघर सञ्चालन कार्यविधि–२०८१ (प्रथम संशोधन) सम्बन्धी प्रस्ताव पारित गरेको छ । विपत् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (२०१८–२०३०) को कार्यान्वयनको अवस्थासम्बन्धमा तयार भएको वार्षिक अनुगमन प्रतिवेदनबारे बैठकलाई छलफल भएको प्राधिकरणले जनाएको छ । 

विपत्सँग जुध्न उच्च तयारी

यस वर्षको मनसुनी प्रक्षेपण अनुसारको पूर्वतयारीमा प्राधिकरण, जल तथा मौसम विज्ञान विभागलगायत सबै निकाय जुटेको छ । मनसुनी विपत्सँग जुध्न गत वर्षको कमीकमजोरी सुधार्दै थप गहन तयारीमा सरकार जुटेको भट्टराईले जानकारी दिनुभयो । गत वर्ष पनि अधिक वर्षा हुने पूर्वानुमान गरिए पनि समयमा उद्धार गर्न कठिनाइ भएको थियो । उहाँले भन्नुभयो, “यसपाला प्रत्येक वडामा २५ जना स्वयम्सेवी मनसुनअगावै विपत् उद्धारका लागि तयार गरिँदै छ । त्यसको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ ।” नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षा निकायसँग पनि विपत्का बेला सहकार्य भइरहेको छ । त्यस्तै उद्धारका लागि आवश्यक डुङ्गा, बोट, डोरीलगायतका सामग्री गत नपुग भएकाले यस पटक अन्य निजी क्षेत्रसँग सहकार्य गरेर तैनाथ राखिने भएको छ । 

मौसमी प्रक्षेपणलाई हल्का रूपमा लिएर आमनागरिकको जिउज्यान जोखिममा नपार्न पनि प्राधिकरणमा प्रवक्ता रामबहादुर केसीले अनुरोध गर्नुभयो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आफ्नो क्षमताले भ्याएसम्मको मनसुनी पूर्वसूचना दिने गरेको जनाएको छ । यस वर्षको मनसुनी वर्षा र तापक्रमबारे विभागले केही दिनअघि प्रक्षेपण गरिसकेको छ । सोक्रममा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशीले जलवायु परिवर्तनका कारण मनसुन कहिले ढिलो त कहिले छिटो सुरु हुने अनियमितता देखापरेको औँल्याउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *