Search
Close this search box.
Search
Close this search box.

१३ लाखभन्दा बढी नेपाली खोप लगाउन इच्छुक

काठमाडौं – कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकले स्वैच्छिक आवेदन भरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार दिउँसोसम्म कोभिड– १९ पहिलो डोज खोपका लागि स्वैच्छिक आवेदन फारम भर्ने संख्या १३ लाख ३९ हजार ४६ पुगेको छ ।

गत ३१ वैशाखमा सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग गरेको थियो । सरकारले सबै नागरिकलाई पुग्ने खोप ल्याउन नसक्ने आँकलन गर्दै सार्वजनिक खोप लगाउन चाहनेबाट विवरण माग गरेको हो ।

EPIC EPIC EPIC

यद्यपि, स्वैच्छिक फारम भरेकाले पनि खोप कहिले पाउने भन्ने टुंगो छैन । स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘आवेदन दिँदैमा खोप पाउने भन्ने छैन । खोपको उपलब्धता र फारम भर्नेको प्राथमिकता हेरेर खोप दिइने हो ।’

तथ्यांक संकलन गर्ने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना व्यवस्थापन इकाइले गर्दै आएको छ । मन्त्रालयले कोभिड– १९ विरुद्धको खोप लगाउन चाहने १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्ति आफैले प्रि–रजिस्ट्रेसन फारम भर्न तथा भराउनका लागि वेबसाइट र एप छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार बाहिरबाट छुट्टै खोप माग गर्नेको संख्या पनि पाँच लाखभन्दा बढी पुगेको छ । खोप माग्न स्थानीय तह पुग्ने संघसंस्थालाई जनप्रतिनिधिले सीधै विभाग पठाउने गरेका छन् । त्यसले खोप माग्नेको भिड स्वास्थ्य सेवा विभागमा बढेको विभागका एक कर्मचारीले बताए ।

२२ असारबाट भेरोसेलको दोस्रो मात्रा सुरु
यसैबीच कोभिडविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा २२ असारबाट दिइने भएको छ । त्यसका लागि काठमाडौंमा ३२ वटा खोप केन्द्र राख्ने प्रस्ताव छ ।

महानगरपालिकाभित्र १३ अस्पतालमा, दक्षिणकाली नगरपालिकामा एक र अरू नौवटा नगरपालिकामा दुई–दुईका दरले खोप केन्द्र राख्ने प्रस्ताव गरेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

‘तत्काल ३२ वटा खोप केन्द्र राख्ने प्रस्ताव गरिएको छ । त्यसलाई आवश्यकताका आधारमा थपघट गर्न सकिनेछ । खोप केन्द्रको अन्तिम टुंगो दुई–तीन दिनभित्रै लाग्नेछ,’ खड्काले भने ।स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई गत २५ जेठपछि पहिलो मात्रा भेरोसेल खोप लगाएका न्यूनतम तीन हप्ता पुगेकालाई दोस्रो मात्रा लगाउन निर्देशन दिएको छ ।

गत २५ जेठदेखि सुरु भएको खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई लक्षित गरी खोप दिने भनिएको थियो । तर, खोप पर्याप्त नहुँदा सो उमेर समूहका सबैले पहिलो मात्रा खोप लगाउन पाएका छैनन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *