१६ महिना अघि हराएका विद्यालयको ल्यापटप जङ्गलको ओडारमा फेला

ताप्लेजुङ — ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित पाटीडाँडा माध्यमिक विद्यालयबाट १६ महिनाअघि हराएका ल्यापटप जङ्गलको ओडारमा फेला परेका छन्।

विद्यालयका अनुसार हराएका आठवटा ल्यापटप प्लास्टिकको बोरामा पोको पारेर फाकुम्बाकै पित्तोलुङ भन्ने स्थानको एक ओडारमा भेटिएको हो।

EPIC EPIC EPIC EPIC EPIC

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार विद्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले ल्यापटप फेला पारेको हो। २०८० साल पुस २२ गते राति विद्यालयको ढोका फोरेर ११ वटा ल्यापटप चोरी भएका थिए। त्यसबेला तीन महिना पछि फाकुम्बाकै घोडेचौरमा तीनवटा ल्यापटप झ्याँसमा फालिएको अवस्थामा भेटिए पनि बाँकी ल्यापटप हराइरहेका थिए।

प्राप्त सूचनाका आधारमा मंगलबार गरिएको खोजीका क्रममा बाँकी आठ ल्यापटप जङ्गलको ओडारमा खाद्यान्न राख्ने प्लास्टिक बोरामा पोको पारेर राखिएको अवस्थामा भेटिएको शिक्षक शान्ता आङ्बुहाङले बताउनुभयो।

फेला परेका ल्यापटप प्रयोग योग्य छन् वा छैनन् भन्नेबारे परीक्षण गर्न बाँकी रहेको र हाल ती ल्यापटपहरू प्रहरीको जिम्मामा रहेको विद्यालयले जनाएको छ।

यसअघि फेला परेका तीनवटा ल्यापटप पनि प्रहरीले फरेन्सिक परीक्षणका लागि लगेको थियो। तर, अहिलेसम्म परीक्षणको नतिजा नआएको र ल्यापटप विद्यालयमा फिर्ता नभएको विद्यालयको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईँका अनुसार ल्यापटप चोरीसम्बन्धी कुनै मुद्दा दर्ता नभएकाले फरेन्सिक परीक्षण गराउन नसकिएको हो। मंगलबार फेला परेका ल्यापटप हाल प्रहरी चौकी साँघुमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।

ह्युमन प्राक्टिस फाउण्डेसन (HPF) ले शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका लागि ती ल्यापटप उपलब्ध गराएको थियो।

गाउँपालिका अध्यक्ष वनेमले विद्यालयजस्तो पवित्रस्थलमा आपराधिक क्रियाकलाप गर्ने जोसुकै भए पनि उन्मुक्ति दिन नहुने भन्दै दोषी पहिचान गरी कडा कारबाही गर्न जिल्ला प्रशासन र प्रहरीले गम्भीर अनुसन्धान गर्नुपर्ने बताउनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *