काठमाडौँ । उदयपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेख आठबिसे नगरपालिका–२ सिगौदीका २३ वर्षीय गोपाल विक रहेका छन् । उनलाई हिजो (आइतबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका–११ मा गत शुक्रबार जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय, कटारीले जनाएको प्रसाशन डट कमले उल्लेख गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।