कचनकवल। कचनकवल गाउँपालिका वडा नम्बर ७ बालुबाडीमा रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक युवराज खत्री करोडौं पैसा हिनामिना गरेर फरार भएका छन्।
उनले १ करोड ४६ लाख रकम हिनामिना गरी फरार भएको संस्थाकी अध्यक्ष लक्ष्मी सुब्बाले बताइन्।
कचनकवल ७ बालुबाडी घर भएका खत्री गत चैत्र ११ गतेदेखि रकम हिनामिना गरी फरार भएका हुन् उनले बताइन्।
सुब्बाले भनिन् “सहायक प्रबन्धक निरुमाया राजवंशीसँग मिलेर दुवैले त्यति रकम हिनामिना गरेको हो । व्यवस्थापक खत्री र सहायक व्यवस्थापक राजवंशीले १ करोड ४६ लाख रकम हिनामिना गरेको कुरा स्वीकार गर्दै मन्जुरीनामा गरेको अध्यक्ष सुब्बाले बताइन्।
६६४ जना शेयर सदस्य रहेको सो संस्थाले सहायक प्रबन्धक राजवंशीलाई निलम्बन गरिसकेको छ ।
उनलाई निगरानीमा राखिएको सुब्बाले जानकारी दिइन्। संस्थाको हरहिसाब हेर्ने काम भइरहेको अध्यक्ष सुब्बाले जानकारी दिइन् ।