Search
Close this search box.
Search
Close this search box.

२० युनिटसम्म विद्युत खपत गर्नेलाई ३० रुपैयाँ महशुल

आज बुधबारबाट मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने १९ लाख ८६ हजार विपन्न वर्गका उपभोक्ताले निशुल्क बिजुलि पाउने भएकाछन्।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका उपभोक्तालाई नि:शुल्क बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो।

EPIC EPIC EPIC

यद्यपि “इनर्जी शुल्क”को रुपमा यी परिवारले ३० रुपैयाँ भने तिर्नुपर्ने हुन्छ।

अहिलेसम्म यी उपभोक्ताहरुले इनर्जी चार्ज २० रुपैयाँ र प्रतियुनिट ३ रुपैयाँका दरले महशुल बुझाँउदै आएका थिए।त्यस्तै सिंगल र थ्री फेजबाट विद्युत उपभोग गरिरहेका उपभोक्ताहरुले निशुल्क रुपमा आफ्नो मिटर क्षमता बढाउन पाउने भएका छन्।

सिंगल फेजबाट मासिक १ सय ५१ देखि २ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रतियुनिट ९ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । त्यस्तै, सिंगल फेजमार्फत मासिक ४ सय युनिटभन्दा माथि खपत गर्ने उपभोक्ताले यस्तो शुल्क प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्नेछ।

विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार आजबाट यो नियम लागुहुने छ। उपभोक्ताहरुले मङ्सिर महिनाको महशुल बुझाउदा यो सुबिधा उपभोग गर्नेछन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *