२४ घण्टामा ३ सय १२ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारमा झर्‍याे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर तीन सय १२ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट आठ हजार ६ सय ९३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको तीन दशमलव ५८ प्रतिशतमा सङ्क्रमण पुष्टि हो ।  

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै २४ घण्टायता नाै सय ११ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप दुई जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । 

नेपालमा अहिले १० हजार ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक लाख ३५ हजार सात सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *